Monday, June 29, 2026
Zenith Migration Education
Monday, June 29, 2026

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ : अर्थमन्त्री पौडेल

Zenith Migration Education

काठमाडौँ । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले मुलुकमा जलविद्युतको उत्पादन वृद्धि गरी आर्थिक समृद्धि प्राप्त गर्न सकिने बताएका छन् । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)द्वारा शुक्रबार आयोजित कार्यक्रममा उनले विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुने बताउँदै उत्पादनको वृद्धि सँगै खपपत गर्ने क्षमतालाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

जलविद्युतको विकासमा निजी क्षेत्रको लगानी सुरक्षित गर्न अनुकूल नीतिहरू ल्याउने प्रतिबद्धता व्यक्त गर्दै उपप्रधानमन्त्री पौडेलले बैंक तथा वित्तीय संस्थाले त्यस क्षेत्रमा गर्ने लगानीलाई डुब्न नदिन लचिलो नीतिको आवश्यकता रहेको विचार व्यक्त गरे ।

करको दायरा तथा दर दुवै वृद्धि गर्नुपर्ने बताउँदै उनले सरकारस्थिर कर नीतिको पक्षमा रहेको प्रष्ट पारे । सरकारले अवलम्बन गर्ने करका नीतिले देशको समग्र विकासमा प्रभाव पार्ने उल्लेख गर्दै उपप्रधानमन्त्री पौडेलले मूलतः एउटा कर नीति र करका दरहरूमा सापेक्षित स्थिरताका लागि सबैको सहयोगको अपेक्षा गरे ।

राज्यका नियमनकारी निकायको भूमिका सशक्त बनाउँदा व्यवसायीको गुनासो आउने गरेको बताउँदै उहाँले अनियमित गर्ने व्यवसायीलाई कानुनी कारबाही गर्न सरकार दृढ रहेको बताए । करको दायरा भने बढाउने योजनासहित आगामी आर्थिक वर्षको बजेट ल्याएको उनको भनाइ थियो । सो अवसरमा आर्थिक क्षेत्रको विकासका लागि समाचार लेखेका विभिन्न सञ्चार गृहका सञ्चारकर्मीलाई पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु