Saturday, May 2, 2026
Zenith Migration Education
Saturday, May 2, 2026

एनआरएनए अष्ट्रेलिया निर्वाचन : सन्तोष कुँवर टिमको उम्मेदवारी घोषणा, समर्थनको लहर

Zenith Migration Education

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी २०२५–२०२७ कार्यकालका लागि यही जुलाई २६ मा निर्वाचन हुँदैछ । आगामी कार्यकालका लागि एनआरएनए अष्ट्रेलियाका लागि अध्यक्ष पदमा उम्मेदवार दिएका सन्तोष कुँवर नेतृत्वको टिमले औपचारिक उम्मेदवार घोषणा गरेको छ ।

बिहीबार सिड्नीको रकडेलस्थित इन्द्रेणी फङ्गसन सेन्टरमा आयोजित कार्यक्रमका बीच अध्यक्ष उम्मेदवार कुँवर नेतृत्वको टिमले औपचारिक उम्मेदवार घोषणा गरेको हो ।

कार्यक्रममा विभिन्न संघसंस्था, समुदायका अगुवा, बुद्धिजीवी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । आयोजकका अनुसार कार्यक्रममा झन्डै दुई सय जनाको उपस्थिति रहेको थियो ।

एनआरएनएका पूर्व अध्यक्ष गणेश केसी, जनसम्पर्क समिति अष्ट्रेलियाका केन्द्रीय अध्यक्ष सुरेश रानसिंह गुरुङ, न्यू साउथ वेल्स संयोजक शीतल गिरी, वरिष्ठ पत्रकार हेमन्त काफ्ले, चितवन समाज अष्ट्रेलियाका पूर्व अध्यक्ष शत्यराज कँडेल, एनआरएनए अष्ट्रेलियाका सल्लाहकार दिनेशराज जोशी, एनएडिएफका अध्यक्ष ज्ञानेन्द्र रेग्मी तथा संस्थापक मन केसीलगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

एनआरएनएका सल्लाहकार दिनेशराज जोशीले भने, “हार्ने छुट छैन, विजयको शुभकामना । सन्तोष कुँवर टिम नै विजयी हुनु पर्छ । सेलिब्रेसन गर्नुपर्छ ।”

त्यस्तै, वरिष्ठ पत्रकार हेमन्त काफ्लेले मर्यादित र पारदर्शी निर्वाचन प्रक्रियाको पक्षमा बल दिँदै सबै उम्मेदवारलाई सफलताको शुभकामना दिएका छन् ।

एनएडिएफका अध्यक्ष रेग्मीले संस्थागत स्थायित्व र उत्तरदायी नेतृत्वको आवश्यकता औंल्याउँदै अध्यक्ष उम्मेदवार कुँवर नेतृत्वको टिमलाई पूर्ण समर्थन रहेको स्पष्ट पारे ।

जनसम्पर्क समिति एनएसडब्लु संयोजक शीतल गिरीले प्रचारप्रसारका क्रममा संयमता र मर्यादाको पालना गर्न सुझाव दिंदै उम्मेदवारहरूलाई शुभकामना व्यक्त गरेका छन् ।

त्यस्तै, अध्यक्ष पदका प्रत्यासी उम्मेदवार कुँवरले आफ्नो टिमका सदस्यहरूको परिचय गराउँदै भावी योजनाहरू सार्वजनिक गरेका थिए । “हामीले देश र समुदायका लागि देखेका सपना कार्यान्वयनमा लैजान सक्षम र समर्पित टिम तयार गरेका छौं,” कुँवरले भने, “हामीले पाएको समर्थनले विजय सुनिश्चित देखिन्छ ।”

कार्यक्रममा एनएसडब्लु संयोजक पदका उम्मेदवार राज गुरुङलगायत टिमका अन्य सदस्यहरूले पनि आ–आफ्नो धारणा सार्वजनिक गर्दै पारदर्शिता, जवाफदेहिता र संस्थागत सुधारमा केन्द्रित रहने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु