काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बेसडर नियुक्त भएका छन् ।
डेनिम एण्ड डेभिलले लामिछानेलाई तीन वर्षका लागि ब्राण्ड एम्बेसडर बनाएको हो । ब्राण्ड एम्बेसडर सम्बन्धस् सम्झौता पत्रमा डेनिम एण्ड डेभिलका तर्फबाट सिइओ धनश्याम काफ्ले र लामिछानेले हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि बोल्दै सन्दीपले डेनिम एण्ड डेभिल्ससँग आफ्नो सम्बन्ध सुरुवातदेखि नै रहेको र लामो कथा रहेको बताएका छन् । सिइआ काफ्लेले सन्दीपसँग यसअघि पनि सहकार्य गरेको र यो दोस्रो पटक सहकार्य रहेको बताए ।
उनले ओडिआईमा एक सय २७ र टी–२०आईमा एक सय १७ विकेट लिनुका साथै ओडिआईमा चार सय ७५ रन समेत बनाएका छन् ।



