Tuesday, June 30, 2026
Zenith Migration Education
Tuesday, June 30, 2026

न्यूक्यासलमा ‘लेकाली मार्ट’ सञ्चालन

Zenith Migration Education

न्यूक्यासल (अष्ट्रेलिया) । अष्ट्रेलिया न्यूक्यासलमा ‘लेकाली मार्ट’ सञ्चालनमा आएको छ । लेकाली मार्ट सञ्चालनमा आएसँगै यहँँ बसोबास गर्ने नेपाली र दक्षिण एसियाली समुदायका लागि एक ऐतिहासिक अवसरको सुरुवात भएको छ । लेकाली मार्टले जुलाई ५ र ६ तारिखमा उद्घाटन समारोह दुई सयभन्दा बढी ग्राहकको उपस्थिति रहेको थियो ।

लेकाली मार्ट न्यूक्यासलमा नेपाली स्वामित्वमा सञ्चालनमा आएको पहिलो पसल हो । जसमा छुट्टै बुटचरी (मासु बिक्री केन्द्र) समेत उपलब्ध छ । यहाँ विशेषगरी ताजा खसीको मासु र विविध गुणस्तरीय मासु तथा खाद्य सामग्री पाइन्छ, जुन नेपाली र दक्षिण एसियाली समुदायको खानपान संस्कृतिसँग गहिरो रूपमा जोडिएको छ ।

उद्घाटन कार्यक्रमको प्रमुख अतिथि न्यूक्यासल नेपाली समुदायका अध्यक्ष बियर राई थिए । उनले लेकाली मार्टको टिमलाई बधाई दिँदै यसले समुदायलाई नजिकबाट सेवा दिने र पहिचान झल्काउने केन्द्र बन्ने विश्वास व्यक्त गरे ।

यसैगरी, लेकाली मार्टका प्रवक्ता तथा सह–धनी सम्राट कँडेलले भने, “हाम्रो उद्देश्य न्यूक्यासल र वरपरका क्षेत्रका नेपाली तथा दक्षिण एसियाली समुदायलाई आफ्नै स्वाद र संस्कृतिसँग जोड्ने सुविधा दिनु हो । ताजा मासु, विशेषगरी खसीको मासु र गुणस्तरीय घरेलु सामग्री उपलब्ध गराउँदै हामी एकै स्थानमा सम्पूर्ण आवश्यकता पूरा गर्ने प्रयासमा छौं ।”

लेकाली मार्टको सञ्चालन व्यवस्थापन (Operations Management) मा शहन श्रेष्ठले प्रमुख भूमिका निर्वाह गरिरहेका छन् । समुदायमै मिल्ने, बुझ्ने र सबै जात–धर्म, संस्कृति र क्षेत्रलाई समेट्ने उद्देश्यका साथ शहन श्रेष्ठ दिनरात परिश्रम गरिरहेका छन् । उनी समुदायको आत्मियता र आवश्यकतालाई प्राथमिकता दिँदै, लेकाली मार्टलाई सबैका लागि खुला र समावेशी स्थल बनाउन कटिबद्ध छन् ।

लेकाली मार्टमा नेपाली, भारतीय तथा दक्षिण एसियाली खाद्य सामग्री, ताजा तरकारी, मसलाहरू, दाल, नुन–तेल, नास्ता, फ्रोजन सामानहरू, तथा ताजा मासु पाइन्छ । यो पसल समुदायका लागि एक ‘वन–स्टप शपिङ गन्तव्य’ बनाउने लक्ष्यमा अग्रसर छ ।

उद्घाटन समारोहमा सांस्कृतिक संगीत, विशेष छुट अफर र स्वाद परीक्षणका कार्यक्रमहरू आयोजित गरिएका थिए, जसले सहभागीहरूमा निकै उत्साह र सकारात्मक प्रतिक्रिया ल्यायो ।

एजवर्थस्थित युनिट २÷१३ अर्नट स्ट्रिटमा रहेको लेकाली मार्ट अब सर्वसाधारणका लागि सेवा खुला भइसकेको छ । यसले न्यूक्यासल क्षेत्रमा बसोबास गर्ने नेपाली तथा दक्षिण एसियाली समुदायबीच सांस्कृतिक सम्बन्ध, सहजता र सेवा भावना विस्तार गर्ने दृढ विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु