Tuesday, September 15, 2026
Zenith Migration Education
Tuesday, September 15, 2026

एनआरएनए न्यूजिल्याण्डको अध्यक्षमा अच्युत अर्याल चयन

Zenith Migration Education

गैरआवासीय नेपाली संघ (एनआरएनए) न्यूजिल्याण्डको अध्यक्षमा अच्युत अर्याल निर्विरोध चयन भएका छन् । सन् २००८ मा न्यूजिल्याण्ड गएका अर्याल शिक्षण, अनुसन्धान र वातावरणीय सेवामा सक्रिय छन् ।

आइतबार सम्पन्न अधिवेशनमार्फत २०२५–२७ कार्यकालका लागि उनको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा टेकबहादुर गुरुङ र कृष्णप्रसाद भण्डारी निर्वाचित भएका छन् । महासचिवमा निर्वाचित नरहरि बासेल वैज्ञानिक हुन् भने सचिवमा सुरेश बुढा थापा र मिलन जिसी चयन भएका छन् । कोषाध्यक्षमा निर्वाचित सुलभ पौडेल पनि वैज्ञानिक पृष्ठभूमिका हुन् । उपकोषाध्यक्षमा हरिओम सापकोटा निर्वाचित भएका छन् ।

सदस्यहरूमा प्रक्षिश निरौला, सीमा थापा, उज्वल बास्ताकोटी, नमिता दवाडी, आशिक बाँस्तोला, दामोदर घिमिरे, रामचन्द्र अर्याल, सुरेश लामा र गोविन्दप्रसाद निरौला छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु