अमेरिकाको टेक्सास राज्यमा मुसलधारे वर्षाका कारण आएको विनाशकारी बाढीका कारण २७ जना वेपत्ता भएका छन् उद्धारकर्मीहरूले शनिबार वेपत्ता दुई दर्जन जनाभन्दा बढी युवतीको खोजी गरिरहेका छन् ।
केर काउन्टीका शेरिफ ल्यारी लेइथाले शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा भने, “अहिले हामीले करिब २७ जनाको मृत शरिरलाई बाढीको पानी र हिलोभन्दा बाहिर ल्याइसकेका छौ ।
टेक्सासका लेफ्टिनेन्ट गभर्नर डान प्याट्रिकले यसअघि आयोजित पत्रकार सम्मेलनमा मृत्यु हुनेमा केही बालबालिका रहेको बताएका थिए ।
शनिबार राष्ट्रिय मौसम सेवाले सान एन्टोनियोको उत्तरपश्चिममा रहेको यस क्षेत्रमा अझै भारी वर्षा र ‘विनाशकारी’ बाढी आउन सक्ने चेतावनी दिएको छ ।
एनडब्ल्यूएसले एक चेतावनीमा भनिएको छ, “एक्कासी परेको निकै ठूलो पानीका कारण नदीहरूमा बाढी आइसकेको छ भने मौसम अझै खराब रहेकोले थप बाढी आउनसक्ने पूर्वानुमान गरिएको छ ।”
एनडब्ल्यूएसले भनेको छ, “बासिन्दाहरूलाई उनीहरूको जीवनको सुरक्षाको लागि छिटो उच्च भूमिमा सर्ने कार्य गर्न आह्वान गर्दछ।”
केरभिलमा सामान्यतया शान्त बग्ने ग्वाडालुप नदी शनिबार तीव्र गतिमा बगिरहेको देखिन्थ्यो भने यसको धमिलो पानीमा बाढीको हिलोसहित बगिरहेको देखिन्थ्यो ।
स्थानीय बासिन्दा ६१ वर्षीय गेरार्डो मार्टिनेजले भन्नुभयो, “बाढी यसरी आयो । मानौँ एक वर्षमा जति वर्षा हुन्छ त्यो सबै एकै दिनमा खनियो ।”
“पानी रूखको टुप्पोसम्म पुग्यो । नदीमा पानी लगभग दस मिटर वा सोभन्दा बढी भरिएको थियो होला । कार र सबै घरहरू नदीभन्दा तल देखिन्थे । अवस्था निकै खराब थियो ।”
बाढिमा परेका युवतीहरू अझैसम्म वेपत्ता
शुक्रबार करिब ५०० सुरक्षाकर्मी र १४ वटा हेलिकोप्टरले उद्धारकार्यमा सहयोग गरेका थिए ।
टेक्सासका सैन्य अधिकारी मेजर जनरल थोमस सुएल्जरले पत्रकारलाई आपतकालीन कर्मचारीले कम्तीमा २३७ जनालाई उद्धार गरेको र १६७ जनालाई हेलिकप्टरको प्रयोग गरेर उद्धार गरिएको जानकारी दिए ।
शुक्रबार साँझ काउन्टी शेरिफले केर काउन्टीमा रहेको ‘क्याम्प मिस्टिक क्रिश्चियन’ नामक गर्मीको समयमा मनोरञ्जन र शितलता (समर क्याम्प) का लागि नदी किनारामा रहेका करिब २७ जना बालबालिका हराइरहेको बताए ।
लेफ्टिनेन्ट गभर्नर प्याट्रिकले हराएका बालबालिकाको सङ्ख्या दुई दर्जन हुनसक्ने बताए ।
शनिबार अमेरिकी सञ्चारमाध्यमले हराएकामध्ये दुई बालिकाको मृत्यु भएको परिवारलाई उद्धृत गर्दै जानकारी गराएका थिए ।
क्याम्प मिस्टिकबाट करिब एक माइल टाढा रहेको ‘द हार्ट ओ ’द हिल्स’ समर क्याम्पले शनिबार यसका निर्देशक जेन रग्सडेल पनि मृतकमध्येको एक भएको पुष्टि गरेको छ ।
ग्वाडालुप नदीको किनारमा रहेको महिलाका लागि बनेको ग्रीष्मकालीन शिविर क्याम्प मिस्टिकमा करिब ७५० बालबालिका थिए । नदीको माथिल्लो क्षेत्रमा रातभरको भारी वर्षासँगै ४५ मिनेटमा नदीको पानी २६ फिट (आठ मिटर) माथि पुगेको थियो ।
प्याट्रिकले भने, “वेपत्ता सबै हराएका नहुन पनि सक्छन् । रूखमा चढेर उद्धारको पखौइमा हुन सक्छन् वा उनीहरू सम्पर्कबाहिर रहेका तर सुरक्षित पनि हुन सक्छन् ।“
टेक्सासका गभर्नर ग्रेग एबोटले यस क्षेत्रका काउन्टीहरूका लागि स्रोतहरू बढाउन विपद्को घोषणामा हस्ताक्षर गर्नुभएको छ भने राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्घीय सहयोगको प्रतिवद्धता जनाएका थिए ।
उपराष्ट्रपति जेडी भान्सले शनिबार उक्त विपत्तिलाई ‘नबुझिने खालको त्रासदी’ को संज्ञा दिएका छन् ।
सामूहिक मानवीय क्षतिको घटना
टेक्सास राज्यको सार्वजनिक सुरक्षा विभागका निर्देशक फ्रिम्यान मार्टिनले लगातारको भारी वर्षाका कारण उद्धारकर्ताका लागि अवस्था चुनौतीपूर्ण बनेको बताए । मार्टिनले यस विपत्तिलाई ‘सामूहिक हताहतको घटना’ भनेका छन् ।
राज्य र स्थानीय अधिकारीहरूले नदीको किनारमा अवस्थित याम्प मैदानहरूसहित दर्जनौं सडक क्षेत्रमा यात्रा गर्ने बासिन्दाहरूलाई चेतावनी दिएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा १२ इन्चसम्मको भारी वर्षाका कारण आएको बाढीले घर र रूखहरू बगाएको देखाइएको छ जुन केर काउन्टीको औसत वार्षिक वर्षाको एक तिहाइ हो ।



