Saturday, May 9, 2026
Zenith Migration Education
Saturday, May 9, 2026

आजबाट राष्ट्रिय सडक सञ्जालसँग जोडिँदै हुम्ला

Zenith Migration Education

राष्ट्रिय सडक सञ्जालमा जोड्न नसकेको नेपालको एक मात्रै हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटलाई आजबाट सडकसँग जोड्ने भएको छ ।

हुम्लाको खार्पुको दोजाम कर्णाली नदीमा नेपाली सेनाले निर्माण गरेको बेलिब्रिज पुल प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार उद्घाटन गर्दै छन् । प्रधानमन्त्रीको उद्घाटनपछि सदरमुकाम सिमकोट औपचारिक रुपमा राष्ट्रिय सडक सञ्जालसँग जोडिने भएको हो ।

काठमाडौँबाट हेलिकोप्टरमा प्रधानमन्त्री आज बिहान १० बजे हुम्लाको खार्पुमा आइपुग्ने कार्यतालिका रहेको छ । पुल उद्घाटनको सम्पूर्ण तयारी पूरा भइसकेको पनि उनले जानकारी दिए ।

प्रधानमन्त्री ओलीसँगै भौतिक पूर्वधार मन्त्री देवेन्द्र दाहाल पनि पुल उद्घाटन कार्यक्रममा सहभागी हुने छन् । गत चैत १० गते हुम्ला पुगेको नेपाली सेनाले यही असार १० गते बेलिब्रिज निर्माण कार्य सम्पन्न गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु