Friday, May 8, 2026
Zenith Migration Education
Friday, May 8, 2026

श्रीलंकाको अर्थतन्त्रमा अमेरिकी कर वृद्धिले गम्भीर असर गर्ने

Zenith Migration Education

श्रीलंकाको निर्यात वस्तुहरूमा संयुक्त राज्य अमेरिकाले पुनः ४४ प्रतिशत आयात कर लगाउने सम्भावना बढ्दै गएपछि त्यसको प्रत्यक्ष असर देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा पर्ने चेतावनी अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले दिएको छ ।

हाल श्रीलंकाबाट अमेरिका निर्यात हुने वस्तुहरूमा १० प्रतिशत कर मात्र लाग्दै आएको छ, तर यो छुट (जुलाई ९) मा समाप्त हुने भएकाले त्यसपछि फेरि ४४ प्रतिशत कर लाग्न सक्ने अनुमान गरिएको छ ।

आईएमएफले श्रीलंकाको कपडा उद्योगमा धेरै मुनाफा नहुने जनाएको छ, त्यसैले यति धेरै कर थपिएमा उद्योगहरू टिक्न गाह्रो हुन्छ । यसले निर्यात घटाउने र देशको आम्दानीमा असर पार्नेछ ।

यद्यपि, निर्यात घटे पनि कच्चा पदार्थ कम आयात गर्नु पर्ने, अन्तर्राष्ट्रिय बजारमा सामान सस्तो हुनु र रूपैयाँको अवमूल्यनले केही असर कम गर्न सक्ने आईएमएफले बताएको छ ।

आईएमएफले यस्तो परिस्थितिले लगानी घटाउन सक्ने, बेरोजगारी बढ्न सक्ने र सरकारले सुधार कार्यक्रम अघि बढाउन कठिनाइ भोग्न सक्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु