Friday, May 8, 2026
Zenith Migration Education
Friday, May 8, 2026

इरानको निर्णयले आणविक स्थायित्वमा असर, विश्व समुदाय गम्भीर

Zenith Migration Education

अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्थाले शुक्रबार एक विज्ञप्तिमार्फत जानकारी दिँदै, हालैको सैन्य तनावपछिको परिस्थितिमा तेहरानमा रहनुभएका निरीक्षकहरू सुरक्षित रूपमा संस्थाको भियना मुख्यालय फर्किएको जनाएको छ ।

गत महिनाको ईरान–इजरायल सशस्त्र संघर्षपछि उत्पन्न जटिल परिस्थिति र त्यसमा अमेरिकाको संलग्नताले आणविक संरचनाहरूमा क्षति पुर्‍याएको घटनालाई लिएर, ईरानले अन्तर्राष्ट्रिय अनुगमन सहकार्य अस्थायी रूपमा स्थगन गर्ने निर्णय गरेको हो ।

अन्तर्राष्ट्रिय ऊर्जा संस्थाका महानिर्देशक राफायल ग्रोसीज्यूले ईरानसँग पारस्परिक संवादमार्फत यथाशक्य चाँडो अनुगमन तथा प्रमाणीकरण प्रक्रिया पुनः सुचारु गर्न आवश्यक रहेको कुरामा जोड दिएका छन् । उनले आणविक स्थायित्व र पारदर्शिताका लागि यस्तो सहकार्य अपरिहार्य रहेको उल्लेख गरे । इरानी संसद्ले असार ११ गते पारित गरेको विधेयकअनुसार, राष्ट्रिय स्वाधीनता र आणविक आत्मनिर्भरता संरक्षणको उद्देश्यले उक्त निर्णय लिइएको जनाइएको छ । उक्त नीतिमा विशेष रूपमा युरेनियम प्रशोधनसम्बन्धी अधिकारको सुनिश्चितता उल्लेख गरिएको छ ।

संयुक्त राज्य अमेरिकाले ईरानको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै, एकपक्षीय रूपमा सहकार्य तोडिनु निन्दनीय भएको धारणा सार्वजनिक गरेको । साथै, उसले स्थगित वार्ता पुनः प्रारम्भ गर्नका लागि आह्वानसमेत गरेको छ ।

यस संवेदनशील अवस्थामा अन्तर्राष्ट्रिय समुदायले संयमता, संवाद र पारस्परिक सम्मानको माध्यमबाट सहकार्यलाई पुनः सशक्त बनाउनुपर्ने आवश्यकतामा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु