Wednesday, May 6, 2026
Zenith Migration Education
Wednesday, May 6, 2026

प्रधानमन्त्री ओलीद्वारा स्पेन भ्रमणबारे सदनलाई जानकारी

Zenith Migration Education

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे सदनलाई जानकारी गराएका छन् ।

प्रतिनिधि सभाको शनिवारको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्पेन भ्रमणबारे सदनलाई जानकारी गराएका हुन् ।

शनिवार साँझ संयुक्त राष्ट्रसंघको विकासको लागि वित्त चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन भ्रमणमा जान लागेको बताए । स्पेनमा आयोजना हुने यो सम्मेलन एक दशमा आयोजना गरिने बताए ।

असार १४ गते साँझ ६ बजे कतार एयरवेजको जहाजबाट दोहा हुँदै यात्रा सुरु हुने बताए । असार १५ गते स्पेन पुग्ने बताए । भ्रमण टोलीमा २१ जना सहभागी हुने बताए । भ्रमणको दोस्रो दिन सेभिया पुग्ने र नागरिक समाजले आयोजना गरेको कार्यक्रममा सहभागी हुने बताए ।

स्पेनका प्रधानमन्त्रीसँग साँझ भेट गर्ने कार्यक्रम रहेको बताए । स्पेनका नरेशद्वारा स्वागत गरिने कार्यक्रममा १५ सहभागी हुने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु