Friday, September 11, 2026
Zenith Migration Education
Friday, September 11, 2026

संसदमा प्रधानमन्त्रीले बोल्दा पनी रास्वपाले अवरोध जारी राख्ने।

Zenith Migration Education

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले बाेल्दा पनि अवराेध जारी राख्ने भएकाे छ। शनिबार प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले सम्बाेधन गर्दैछन्।

आज बसेको रास्वपा संसदीय दलको बैठकले सदनमा अवरोध जारी राख्ने निर्णय गरेको हो। प्रधानमन्त्री ओलीले सम्बोधन गरेपनि विरोध निरन्तर चल्ने सांसद हरि ढकालले बताए। उनले भने, ‘प्रधानमन्त्री बोल्नुहुन्छ हाम्रो आन्दोलन पनि सुन्नु हुन्छ।’

रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएको आएको छ। सरकारले बनाएकाे छानबिन समिति पनि अस्वीकार गरेर रास्वपाले अवराेध कायमै राखेकाे हाे।

​रास्वपालाई सदनमा अर्काे विपक्षी दल राप्रपाले साथ दिँदै आएकाे छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु