विगत १९ वर्षदेखि अष्ट्रेलिया अध्ययनको शैक्षिक परामर्श संस्था AusStudies ले काभ्रेपलाञ्चोककाे बनेपामा नयाँ शाखा विस्तार गरेको छ ।
बनेपामा एक विशेष कार्यक्रम आयोजना गरि AusStudies ले आफ्नो नयाँ शाखा उद्घाटन गरेको हो ।
कार्यक्रममा AusStudies का प्रमुख कार्यकारी अधिकृत प्रविना शाक्य, काठमाण्डौ शाखाका निर्देशक नवराज अधिकारी, सिड्नी शाखाका निर्देशक मोहन ढुंगाना तथा पारामाटाका माइग्रेशन तथा एजेण्ट राजेश तिमल्सिनाको उपस्थितिमा उद्घाटन गरिएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका विद्यार्थीहरु, अभिभावकहरु तथा शिक्षा सम्बन्धी विज्ञहरुको उपस्थिति थियो ।

नयाँ शाखाको सुरुवातसँगै संस्था अझ प्रभावकारी रुपमा विद्यार्थीहरुलाई सही मार्गदर्शन विश्वविद्यालय छनोट, भिसा प्रक्रिया र करियर योजना बनाउन सहयोग पुर्याउने लक्ष्यमा अग्रसर छ ।
AusStudies ले विद्यार्थीहरुको भविष्य निर्माणमा निरन्तर साथ दिने प्रतिवद्धता जनाउँदै आएको छ । उसले गुणस्तरीय सेवा र इमान्दार परामर्शमार्फत नेपाली विद्यार्थीहरुको शैक्षिक यात्रालाई सजिलो, सुरक्षित र सफल बनाउँदै आएको दावी गरेको छ ।




