Sunday, September 6, 2026
Zenith Migration Education
Sunday, September 6, 2026

रास्वपाको स्थापना दिवसमा अष्ट्रेलियामा विशेष कार्यक्रम आयोजना गरिने

Zenith Migration Education

प्रवासी नेपाली सम्पर्क विभाग अष्ट्रेलियाले रास्वपाको स्थापना दिवसको अवसरमा शुभकामना सहितको विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।
उक्त कार्यक्रम काठमाण्डौ क्षेत्र नम्बर ७ बाट निर्वाचित लोकप्रिय सांसद गणेश पराजुलीको प्रमुख आतिथ्यमा सम्पन्न हुनेछ।

कार्यक्रम सिड्नीमा जुन २१ तारिख र मेलबर्नमा जुन २२ तारिखका दिन आयोजना गरिनेछ।

यस अवसरमा पछिल्लो राजनीतिक अवस्था र आगामी रणनीतिबारे विशेष संवाद समेत आयोजना गरिनेछ।

काठमाडौं क्षेत्र नम्बर ७ का सांसद पराजुली हाल अष्ट्रेलिया भ्रमणमा छन् ।

निर्यात व्यवसायी समेत रहेका सांसद पराजुली सिड्नीमा १७ तारिखबाट दुई दिनसम्म चल्ने गार्मेन्ट एशोसिएसनको प्रदर्शनीमा सहभागी हुन आएका हुन् । उनी मेलबर्नको कार्यक्रमपछि क्यानबेरा हुँदै २४ तारिख नेपाल फर्किने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु