प्रवासी नेपाली सम्पर्क विभाग अष्ट्रेलियाले रास्वपाको स्थापना दिवसको अवसरमा शुभकामना सहितको विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।
उक्त कार्यक्रम काठमाण्डौ क्षेत्र नम्बर ७ बाट निर्वाचित लोकप्रिय सांसद गणेश पराजुलीको प्रमुख आतिथ्यमा सम्पन्न हुनेछ।
कार्यक्रम सिड्नीमा जुन २१ तारिख र मेलबर्नमा जुन २२ तारिखका दिन आयोजना गरिनेछ।
यस अवसरमा पछिल्लो राजनीतिक अवस्था र आगामी रणनीतिबारे विशेष संवाद समेत आयोजना गरिनेछ।

काठमाडौं क्षेत्र नम्बर ७ का सांसद पराजुली हाल अष्ट्रेलिया भ्रमणमा छन् ।
निर्यात व्यवसायी समेत रहेका सांसद पराजुली सिड्नीमा १७ तारिखबाट दुई दिनसम्म चल्ने गार्मेन्ट एशोसिएसनको प्रदर्शनीमा सहभागी हुन आएका हुन् । उनी मेलबर्नको कार्यक्रमपछि क्यानबेरा हुँदै २४ तारिख नेपाल फर्किने बताइएको छ ।