Zenith Migration Education
Friday, July 11, 2025
Zenith Migration Education
Winner Circle Education & Visa Services

इजरायली आक्रमणमा परेर इरानमा कम्तीमा ५८५ जनाको मृत्यु

Zenith Migration Education

इजयाइल र इरानबीच आक्रमण जारी, विश्वविद्यालय पनि निशानाइजरायलले गरेको आक्रमणमा परेर इरानमा कम्तीमा ५८५ जनाको मृत्यु भइसकेको छ । अरू १ हजार ३२६ जना घाइते भएको बताइएको छ ।

अमेरिकी मानवअधिकारकर्मीहरूको एउटा समूहले मृतकहरूमा २३९ नागरिक र १२६ सुरक्षाकर्मी रहेको बताएको छ ।

इरान र इजरायलबिच विगत पाँच दिनदेखि द्वन्द्व जारी छ । लगातार छैटौँ दिन पनि दुई पुराना शत्रुहरूबिचको द्वन्द्व तीव्र भयो। बुधबार बिहान इजरायलमाथि केही घण्टाको अन्तरालमा दुईवटा इरानी क्षेप्यास्त्र आक्रमण भएको थियो ।

यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई बिना सर्त आत्मसमर्पण गर्न आग्रह गरेका थिए । यसको प्रतिउत्तरमा इरानको सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले ट्विटरमा पोस्टहरू गर्दै इजरायलसँग कहिल्यै शान्ति सम्झौता नगर्ने र युद्ध सुरु भइसकेको बताएका थिए ।मा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु
Hamro Grocery