सिड्नी — नेपाली ख्रीष्टियन समाज अष्ट्रेलिया र INF अष्ट्रेलियाको संयुक्त प्रार्थना तथा भेटघाट कार्यक्रम आइतबार सिड्नीको लिभरपुलस्थित युनाइटेड नेपाली ख्रीष्टियन कम्युनिटी (UNCC) मण्डलीमा सम्पन्न भएको छ।
कार्यक्रममा UNCC का अगुवा र विश्वासीहरूका साथै नेपाली ख्रीष्टियन समाजका अध्यक्ष विजय श्रेष्ठ, उपाध्यक्ष पाष्टर अनिश रिमाल र उपाध्यक्ष रुद्र पौडेल, INF अष्ट्रेलियाका कार्यक्रम संयोजक सन्तोष नेपालीलगायत पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति थियो।
कार्यक्रममा नेपाली ख्रीष्टियन समाज अष्ट्रेलियाका गतिविधि र उद्देश्यबारे जानकारी दिइयो। त्यस्तै, INF अष्ट्रेलियाले नेपालमा सञ्चालन गर्दै आएका सामाजिक र विकास कार्यक्रमहरूबारे विवरण प्रस्तुत गरियो।
प्रार्थना सत्र पाष्टर अनिश रिमाल र पाष्टर अनिल श्रेष्ठले अगुवाइ गरेका थिए। कार्यक्रममा सहभागीहरूमार्फत नेपाल र नेपाली समुदायका लागि विशेष प्रार्थना गरियो। अन्त्यमा सन्तोष नेपालीले सहभागीहरूलाई धन्यवाद दिँदै नेपाल सेवा र प्रार्थनामा निरन्तर लागिरहन आग्रह गरे।


