Thursday, April 30, 2026
Zenith Migration Education
Thursday, April 30, 2026

अष्ट्रेलियामा ‘सिड्नी आध्यात्मिक महोत्सव २०२५’ हुने

Zenith Migration Education

अष्ट्रेलियाको सिड्नीमा ‘सिड्नी आध्यात्मिक महोत्सव २०२५’ हुने भएको छ ।

सिड्नी नेपाली बहुसांस्कृतिक केन्द्र ( GSNMC) ले आइतबार पत्रकार सम्मेलन गरी उक्त महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो ।
‘सिड्नी आध्यात्मिक महोत्सव २०२५’ आगामी अगस्त २९ देखि ३१ सम्म हुने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै केन्द्रका अध्यक्ष बिष्णु हमालले नेपालीहरुको साझा केन्द्र, ग्रेटर सिड्नी नेपाली बहुसांस्कृतिक केन्द्र निर्माणका लागि सिड्नी सेरोफेरोमा रहेका सम्पूर्ण नेपालीहरुमा सचेतना फैलाउन र आवश्यक अर्थ संकलनका लागी आध्यात्मिक महोत्सव आयोजना गर्न लागिएको बताए ।

हमालका अनुसार महोत्सवमा प्रमूख अतिथिका रूपमा नेपालबाट कथावाचक प्रवीण दीनबन्धु पोखरेल र सिड्नीबाट बौध्द लामा गुरुको पनि उपस्थिति रहने छ ।

GSNMC उपाध्यक्ष उमेश पन्तले सिड्नी आध्यात्मिक महोत्सवलाई सफल बनाउन सम्पूर्ण व्यवसायीहरुलाई आफ्नो क्षमता अनुसार सहयोग गर्न र सर्वसाधारण सबैलाई आजीवन सदस्यता लिनका लागि आव्हान गरे ।

आध्यात्मिक महोत्सवको पहिलो दिन GSNMC सचिव मीना शर्माको स‌योजनमा कलश यात्राबाट सुरु हुने छ । सिड्नीको सेरोफेरोमा रहेका महिला दिदिबहिनिहरुलाई १००८ कलश सहितको यात्रामा सहभागी हुनका लागि आफ्नो नाम दर्ता गराउन अनुरोध गरिएको छ।

सिड्नीस्थित Bardali Function Center मा आयोजित उक्त कार्यक्रममा NSW राज्यका वाणिज्यदुत संजीव शर्मा, नेपाली समुदायका अगुवाहरू विष्णु हमाल, महेन्द्र लम्साल, महिला वरिष्ठ समाज सेवी ईन्दिर वन लगाएतको उपस्थिती रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु