Thursday, April 16, 2026
Zenith Migration Education
Thursday, April 16, 2026

‘भिजिट भिसा प्रकरण र अग्नि सापकोटाको मुद्दाबीच कुनै सम्बन्ध छैन’

Zenith Migration Education

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलहरूसँग भएको सहमति पालना नभए एक महिनापछि फेरि विरोधमा उत्रिने बताएका छन् ।

विराटनगर विमानस्थलमा शनिबार बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सदनबाट केही महत्त्वपूर्ण ऐन पारित गर्नुपर्ने भएकोले पनि सहमति गरेको प्रतिक्रिया दिए।

‘एकातिर सङ्घीय निजामती ऐन छिटोभन्दा छिटो पारित गर्नुपर्ने छ। लाखौँ शिक्षकको मागअनुसार विद्यालय शिक्षा ऐनलाई अन्तिम रूप दिनुपर्ने छ। टीआरसीसँग सम्बन्धित विषय अगाडि बढाउनुपर्ने छ’, उनले भने, ‘यस्तो वेला सदन अवरोधले निकास ननिस्कने हुँदा सहमतिमा गएका हौँ।’

निम्ति भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ भन्नेमा आफूहरूको जोड रहने भन्दै उनले गहिरो अध्ययन गहिरो हुनुपर्ने र त्यसलाई सम्बोधन गर्नेगरी संरचना बन्नुपर्ने बताए।

पार्टीका उपाध्यक्ष अग्नि सापकोटाको मुद्दासँग गृहमन्त्रीको राजीनामा साटेको हो भन्ने प्रश्नको जवाफमा उनले यी दुईबीच कुनै साइनो नरहेको जिकिर गरे। ‘यो वाहियात कुरा मानिसहरूले प्रचार गर्ने गरेका छन्। त्यस्तो केही होइन’, उनले भने, ‘भिजिट भिसा प्रकरण र अग्नि सापकोटाको कुनै साइनो सम्बन्ध छैन।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु