Sunday, May 3, 2026
Zenith Migration Education
Sunday, May 3, 2026

भारतीय राजदूत क्रिकेट प्रतियोगिता सम्पन्न

Zenith Migration Education

काठमाडौँस्थित भारतीय राजदूतावासले यही जेठ १७ गतेदेखि त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु गरेको भारतीय राजदूत क्रिकेट प्रतियोगिताको पहिलो संस्करण सम्पन्न भएको छ ।

प्रतियोगितामा भारतीय दूतावास, नेपालको परराष्ट्र मन्त्रालय, बेलायती दूतावास, नेपाल पत्रकार महासङ्घ, ‘कर्पोरेट हाउस’हरु र नेपालमा रहेका भारतीय डायस्पोराको प्रतिनिधित्व गर्ने टोलीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

नेपालका लागि भारतीय राजदूत, बेलायती राजदूत तथा नेपालको परराष्ट्र मन्त्रालयका सहसचिव, दक्षिण एसिया महाशाखाको उपस्थितिमा उद्घाटन समारोह सम्पन्न भएको थियो । एक हप्ताको उत्साहजनक र मैत्रीपूर्ण प्रतिस्पर्धापछि आज एक रोमाञ्चक फाइनल म्याचसँगै प्रतियोगिता सम्पन्न भएको हो ।

सो खेलमा भारतीय दूतावासको टोलीले भारतीय डायस्पोराको टोलीसँग प्रतिस्पर्धा ग¥यो । फाइनलपछि ट्रफी वितरण समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, नेपालको परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका सहसचिव गेहेन्द्र राजभण्डारी उपस्थित थिए । सो अवसरमा खेलमा उत्कृष्ट प्रदर्शन गर्नेहरुलाई सम्मान गरियो ।

साँझपख प्रतियोगिताको सफलताको उत्सव मनाउन रिसेप्सन कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राजदूत, क्यानका अध्यक्ष र नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीका सम्मानित सदस्यहरुको उपस्थिति थियो । सौहार्दता र खेलकुद भावनालाई सुदृढ पार्दै सहभागी छवटै टोलीका सदस्यहरु पनि उक्त कार्यक्रममा उपस्थित थिए ।

राजदूतले तीनजना आशालाग्दा यू–१९ नेपाली क्रिकेटरहरुलाई क्रिकेट किटहरु हस्तान्तरण गरे । सोही अवसरमा भारतीय राजदूतावास, काठमाडौँले ‘नेपाली युवाहरुका लागि राजदूत क्रिकेट फेलोशिप’ को घोषणा गरे ।

जसअन्तर्गत नेपालबाट दुई जना युवा क्रिकेटरहरुलाई भारतका प्रतिष्ठित कोचिङ एकेडेमीहरुमा छोटो अवधिको कोचिङ प्राप्त गर्ने अवसर प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु