Saturday, September 12, 2026
Zenith Migration Education
Saturday, September 12, 2026

अफताब आलमले पाए उच्च अदालतबाट सफाइ

Zenith Migration Education

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलमलाई उच्च अदालतले सफाइ दिएको छ ।

जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेकोमा उच्च अदालतको वीरगञ्ज इजलासले सफाइ दिएको हो ।
२०६४ सालको संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा रौतहटको राजापुरमा बम विष्फोट भएको थियो । सो घटनामा प्रहरीले २०७६ सालमा पुनः अनुसन्धान गरेपछि आलमविरुद्ध अदालतमा मुद्दा पुगेको थियो ।

आलमले २०६४ सालको संविधानसभा निर्वाचनको नतिजालाई आफ्नो पक्षमा पार्न बम विष्फोट गराउने योजना बनाएको र त्यसका लागि बम बनाउँदै गर्दा विष्फोट भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
बम विष्फोटको घटना सार्वजनिक हुने भयका कारण आलमले सो विष्फोटमा घाइते भएकालाई ज्यूँदै इँटाभट्टामा जलाएर मारेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
सो मुद्दामा २९ कात्तिक २०७६ मा थुनछेक आदेश सुनाउँदै रौतहट जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु