Saturday, September 12, 2026
Zenith Migration Education
Saturday, September 12, 2026

युवा संघको अध्यक्षमा ओलीका उम्मेदवार थेबे निर्वाचित

Zenith Migration Education

नेकपा एमाले निकट राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन् ।

थेबे १० औँ राष्ट्रिय महाधिवेशनबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनले प्रतिद्वन्द्वी सुमन पुरीलाई पराजित गरे । थेबेले ७ सय ९६ मत ल्याए भने अर्का उम्मेदवार पुरीले ६ सय ८ मत मात्रै ल्याए ।

पोखरा सभागृहमा आज सकिएको मतदानमा १ हजार ७६४ प्रतिनिधिमध्ये १ हजार ४ सय ४ जना मतदानमा सहभागी भएका थिए ।

अध्यक्षमा निर्वाचित भएका थेबे प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीका विश्वास पात्र हुन् ।

उसो त, ओलीले सर्वसम्बतरुपमा थेबेलाई नै अध्यक्ष बनाउन चाहेका थिए । तर, सुमन पछि नहटेपछि युवासंघमा निर्वाचन भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु