राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रशिक्षण विभाग प्रमुखबाट अनिलकेशरी शाहको राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत समेत भइसकेको छ ।
आइतबार बसेको केन्द्रीय समिति बैठकले शाहको राजीनामा स्वीकृत गरेको हो ।
उनले रास्वपा प्रवेश गरेर छोटो समयमा महत्त्वपूर्ण जिम्मेवारी प्राप्त गरेका थिए । तर, उनले पदीय जिम्मेवारी भने पुरा गर्न सकेका थिएनन् ।
उनले पार्टी नै छाडेको औपचारिक घोषणा भने गरेका छैनन् । यद्पी उनी रास्वपा बाट निष्क्रिय भइसकेका छन् ।
उनी रास्वपाका सार्वजनिक कार्यक्रममा पनि देखिन छाडेका छन् ।



