Saturday, June 27, 2026
Zenith Migration Education
Saturday, June 27, 2026

कांग्रेसमा सच्चा त्यागी नेता-कार्यकर्ता भेट्टाउन मुस्किल छ : सभापति देउवा

Zenith Migration Education

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र सच्चा अर्थमा त्याग र समर्पण गर्ने व्यक्तिहरूको खडेरी रहेको कटु यथार्थ औंल्याएका छन् । उनले दिवंगत नेता खगेन्द्रराज रेग्मीजस्ता निस्वार्थ र निष्ठावान् कार्यकर्ता पार्टीमा विरलै पाइने गरेको तितो सत्य स्वीकार गरेका हुन् ।

शनिबार काठमाडौंमा आयोजित नेपाली काँग्रेस स्याङ्जाका पूर्वसभापति स्व. खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई सम्बोधन गर्दै सभापति देउवाले उक्त विचार व्यक्त गरेका छन् । स्व. रेग्मीको व्यक्तित्वको चर्चा गर्दै सभापति देउवाले उनलाई कुनै पनि प्रकारको लोभलालच नभएको, निष्कलंक र पार्टीप्रति पूर्ण समर्पित नेताको रूपमा स्मरण गरे ।

स्व. रेग्मीलाई जीवनको उत्तरार्धमा भेट्न नपाएकोमा आफूलाई दुःख लागेको पनि उनले बताए । सभापति देउवाले स्व. रेग्मीको निस्वार्थ योगदान र आदर्श व्यक्तित्वबारे विभिन्न लेखरचनाहरू मार्फत आम जनमानसमा प्रकाश पार्न र उनको सम्मानित छविलाई थप उजागर गर्नुपर्नेमा जोड दिए । उनको जीवनबाट वर्तमान पुस्ताले प्रेरणा लिनुपर्ने आवश्यकता औंल्याउँदै सभापति देउवाले पार्टी संगठनमा रेग्मीजस्ता समर्पित योद्धाहरूको अभाव खड्किरहेकोतर्फ संकेत गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु