Saturday, June 27, 2026
Zenith Migration Education
Saturday, June 27, 2026

सभापतिको थुनासम्बन्धी सर्वोच्चको आदेशपछि रास्वपाले बोलायो आकस्मिक बैठक

Zenith Migration Education

सभापति रवि लामिछानेलाई थुनामै राख्ने सर्वोच्च अदालतको आदेशपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको उच्च तहका बैठकहरू बोलाएको छ । सर्वोच्च अदालतले शुक्रबार लामिछानेलाई थुनामुक्त गर्नुपर्ने मागसहित दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेपछि रास्वपा सचिवालयको आकस्मिक भर्चुअल बैठक बसेको हो ।

बैठकले उत्पन्न परिस्थितिबारे गम्भीर छलफल गर्न थप बैठक आह्वान गरेको पार्टीले जनाएको छ । रास्वपाका अनुसार आज दिउँसो ३ बजे पुनः सचिवालयको भर्चुअल बैठक र त्यसपछि ४ बजे केन्द्रीय समिति बैठक बस्ने कार्यक्रम तय भएको छ ।
यसैबीच, रास्वपाले आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक आह्वान गर्ने निर्णय पनि गरेको छ । पार्टीभित्र नेतृत्व, संगठन र आगामी रणनीतिलाई लिएर गहिरो छलफल हुने अपेक्षा गरिएको छ ।

शुक्रबार सर्वोच्च अदालतको संयुक्त इजलासले उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेश सदर गर्दै, सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्नुपर्ने आदेशलाई यथावत् राखेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु