Friday, June 26, 2026
Zenith Migration Education
Friday, June 26, 2026

अर्थमन्त्रीसँग नवनियुक्त गभर्नरको भेटवार्ता

Zenith Migration Education

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले भेटवार्ता गरेका छन् ।

आज बिहान अर्थ मन्त्रालय पुगी नवनियुक्त गभर्नर पौडेलले अर्थमन्त्री पौडेलसँग भेटवार्ता गरेका हुन् ।
सो अवसरमा अर्थमन्त्री पौडेलले नवनियुक्त गभर्नरलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए ।

अर्थमन्त्री पौडेलले वित्त नीति र मौद्रिक नीतिबिच समन्वय गरी अघि बढ्दै अर्थतन्त्र र मौद्रिक क्षेत्रमा देखा परेका समस्या समाधानमा गर्भनरले महत्त्वपूर्ण र उपलब्धिमूलक पहल गर्नुहुने विश्वास व्यक्त गरे ।

नवनियुक्त गभर्नर पौडेलले अर्थ मन्त्रालयले देशको अर्थतन्त्रको नेतृत्व गर्ने र नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वित्त नीति कार्यान्वयनमा सहयोग पुर्‍याउने बताए । उनले वित्तीय क्षेत्रको प्रभावकारिताका लागि राष्ट्र बैंकको सुपरीवेक्षकीय क्षमतामा जोड दिने बताए ।

सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरेलगायतले नवनियुक्त गभर्नर पौडेललाई बधाई तथा शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु