Friday, June 26, 2026
Zenith Migration Education
Friday, June 26, 2026

टी-२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा थाइल्यान्डसँग नेपाल पराजित

Zenith Migration Education

आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत सुपर थ्री चरणको अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ ।

नेपाल थाइल्याण्डसँग ७८ रनले पराजित हुँदै एसिया छनोटको उपविजेतामै सीमित रह्‍यो । थाइल्याण्ड अपराजित रहँदै एसिया छनोटको उपाधि जित्न सफल रह्‍यो ।

थाइल्यान्डले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ७८ रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि कविता कुँवरले २४ रन बनाइन् । राजमति ऐरीले २० रन बनाउँदा रुविना क्षेत्रीले १२ रन बनाइन् ।

ओपनर सम्झना खड्काले ९ रन बनाइन् भने रुवि पोदारले ४ रन थपिन् । कप्तान इन्दु वर्माले ७ रन थपिन् ।

पूजा महतो, रोमा थापा ईश्वरी विष्ट, रिया शर्मा शून्य रनमा आउट भइन् ।

थाइल्यान्डका लागि ओन्निचा काम्चोम्फुले सर्वाधिक ४ विकेट लिइन् । थिपाच्चा पुथावाङले ३ विकेट लिइन् भने सुलेपोर्न लाओमीले १ विकेट हात पारिन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु