Thursday, June 25, 2026
Zenith Migration Education
Thursday, June 25, 2026

राजावादीलाई गृहमन्त्रीको चेतावनी– व्यवस्थाविरोधी क्रियाकलाप सह्य हुँदैन

Zenith Migration Education

गृहमन्त्री रमेश लेखकले संविधान र व्यवस्थाविरोधी क्रियाकलाप सैह्य नहुने बताएका छन् ।

नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा बुधबार आयोजित पत्रकार भेटघाटका अवसरमा गृहमन्त्री लेखकले संविधान र व्यवस्थाको विरोध गर्ने छुट कसैलाई पनि नभएको बताए ।

संविधान कार्यान्वयनका क्रममा देखिएका कमीकमजोरीको पहिचान गरी राष्ट्रिय सहमतिका आधारमा संशोधन गर्ने उद्देश्यका साथ एक कार्यदल बनाउन लागेको उल्लेख गर्दै उनले संविधान संशोधन गर्नुपर्ने आवश्यकता बोध गरी चरणबद्ध रूपमा छलफल–बहस भइरहेको बताए ।

गृह मन्त्रालयअन्तर्गत विभिन्न नीतिगत तथा कानुनी सुधारका पक्षमा प्राथमिकताका साथ काम भइरहेको जानकारी दिँंदै उनले शान्तिसुरक्षा कायम गर्न महत्त्वपूर्ण भूमिकामा रहेको प्रहरी संगठनलाई सुदृढ र बलियो बनाउने गरी यसै आर्थिक वर्षमा प्रहरी ऐन ल्याइने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु