Wednesday, June 24, 2026
Zenith Migration Education
Wednesday, June 24, 2026

भारतको किट विश्वविद्यालयमा नेपाली छात्रा प्रिसाको मृत्युबारे छानबिन गर्न सभामुखको निर्देशन

Zenith Migration Education

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रिसा साहको रहस्यमय मृत्युको विषयमा प्रतिनिधिसभामा गम्भीर चासो व्यक्त गरिएको छ । सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा सांसदहरूले उठाएको प्रश्नपछि सभामुख देवराज घिमिरेले घटनालाई गम्भीर र राष्ट्रको संवेदनशीलताको विषय भन्दै सरकारलाई सत्यतथ्य पत्ता लगाउन निर्देशन दिएका छन् ।

सभामुख घिमिरेले सरकारलाई भारत सरकारसँग उच्चस्तरीय कूटनीतिक संवाद अघि बढाउन र मृतक छात्राको परिवारलाई आवश्यक न्यायिक सहयोग उपलब्ध गराउन स्पष्ट निर्देश दिएका छन् । उनले भने, ‘उज्यालो भविष्यको सपना बोकेर अध्ययनका लागि विदेश गएका विद्यार्थीहरूको एकपछि अर्को रहस्यमय मृत्युको घटना राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग गाँसिएको गम्भीर विषय हो । त्यसैले यसप्रति सरकारले गहिरो चासो लिनुपर्छ ।’

यसअघि सोही विश्वविद्यालयमा अध्ययनरत अर्की नेपाली छात्रा प्रकृति लम्सालको समेत रहस्यमय मृत्यु भइसकेको पृष्ठभूमिमा प्रिसा साहको निधनले थप शंका र त्रासको स्थिति उत्पन्न गरेको छ । नेपाली विद्यार्थीहरूका सुरक्षाका सवालमा सरकार उदासीन रहेको भन्दै सांसदहरूले पनि आलोचना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु