Monday, September 7, 2026
Zenith Migration Education
Monday, September 7, 2026

शिक्षक आन्दोलनमा पत्रकार कार्की घाइते, आँखामा गम्भीर चोट

Zenith Migration Education

शिक्षकहरूको आन्दोलनको रिपोर्टिङ गर्ने क्रममा पत्रकार सबिना कार्की घाइते भएकी छिन् । उनको आँखामा गम्भीर चोट लागेको छ । अहिले उनलाई उपचारका लागी तिलगंगा आँखा अस्पतालमा उपचारका लागि पुर्‍याइएको छ ।

आइतबार रिपोर्टिङका लागि पुगेकी पत्रकार कार्कीलाई प्रहरी र शिक्षकबीचको झडपको क्रममा आँखामा चोट लागेको थियो । सुरुमा उनलाई बानेश्वरस्थित सिभिल अस्पताल लगिएको थियो । त्यहाँबाट चिकित्सकले ट्रमा सेन्टर रिफर गरेको थियो । तर, उनको आँखामा चोट भएपछि तिलगंगा अस्पताल लगेर उपचार भइरहेको हो ।

लगत्तै सुरक्षामा खटिएका एक प्रहरी अधिकारीले उनलाई बोकेरै अस्पतालतर्फ लगेका थिए । प्रदर्शन स्थलबाट प्रहरीको गाडी भएको ठाउँसम्म कार्कीलाई प्रहरीले आफैँ बोकेर लगेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

कार्की प्राइम टेलिभिजनकी पत्रकार हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु