Saturday, September 5, 2026
Zenith Migration Education
Saturday, September 5, 2026

मेरिल्यान्ड्समा आनन्द कार्कीको सङ्गीतमय साँझ

Zenith Migration Education

सिड्नी – नेपाली सङ्गीत पारखीका लागि अप्रिल १० स्मरणीय बन्नेछ। ख्यातिप्राप्त गायक आनन्द कार्कीको विशेष प्रस्तुति रहने ‘गाला डिनर एन्ड म्युजिकल इभिनिङ’ मेरिल्यान्ड्सस्थित बार्दाली फङ्शन सेन्टरमा आयोजना हुने भएको छ।

पाल्पा इन्टरटेनमेन्टको आयोजनामा हुने यस कार्यक्रममा गायिका प्रिती घिमिरेले कार्कीलाई साथ दिनेछिन् भने चर्चित कलाकार तथा निर्देशक शोवित बस्नेतले सञ्चालन गर्नेछन्।

साँझभरि सुमधुर सङ्गीतमा रमाउँदै सहभागीहरूले उत्कृष्ट भोजनको स्वाद समेत लिन सक्नेछन्। कार्यक्रमबारे थप जानकारीका लागि ०४३४ ७४२ ९०९ मा सम्पर्क गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु