Saturday, September 5, 2026
Zenith Migration Education
Saturday, September 5, 2026

रंगी अब अष्ट्रेलियामा: सलोन बस्नेत र नम्रता श्रेष्ठको फिल्म प्रदर्शन हुँदै।

Zenith Migration Education

सिड्नी, अष्ट्रेलिया – पारिवारिक कथानक चलचित्र रंगी अब अष्ट्रेलियाका विभिन्न सिनेमा हलहरूमा प्रदर्शन हुने भएको छ। नेपालमा दर्शकहरूको मन जितिसकेको यो फिल्म आगामी अप्रिल महिनामा सिड्नीका दुई प्रमुख हलमा देखाइनेछ।

चलचित्रका निर्माता शोभित बस्नेतले रंगी अष्ट्रेलियाका नेपाली दर्शकका लागि विशेष रूपमा प्रदर्शन गर्न लागिएको जानकारी दिए। उनका अनुसार, ६ अप्रिलमा रिडिङ सिनेमाज ओबर्न (Reading Cinema, Auburn) मा साँझ ६:३० बजे र ८ अप्रिलमा इभेन्ट सिनेमाज हर्स्टभिल (Event Cinema, Hurstville) मा साँझ ५:३० बजे फिल्म प्रदर्शन हुनेछ।

सुरेश न्यौपानेको निर्देशनमा बनेको रंगी मा अभिनेता सलोन बस्नेत र अभिनेत्री नम्रता श्रेष्ठ प्रमुख भूमिकामा छन्। चलचित्रले बुबा-छोरीको सम्बन्धमा आधारित कथालाई प्रस्तुत गर्नेछ, जसले नेपालमा राम्रो प्रतिक्रिया पाइसकेको छ।

आयोजकहरूका अनुसार, अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायबाट फिल्मले अपार माया पाउने अपेक्षा गरिएको छ। टिकट तथा अन्य जानकारीका लागि शोभित बस्नेत (फोन: 0415 007 331) लाई सम्पर्क गर्न सकिने बताईएकोछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु