Sunday, September 6, 2026
Zenith Migration Education
Sunday, September 6, 2026

वचन न्युज अष्ट्रेलियाको कार्यालय उद्घाटन

Zenith Migration Education

सिड्नी, (अष्ट्रेलिया) – नेपाली सञ्चार क्षेत्रमा सक्रिय वचन न्युज अष्ट्रेलियाले स्थापनाको एक वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा आइतबार ओवर्नमा कार्यालय उद्घाटन गरेको छ। अष्ट्रेलियाका लागि नेपालकी राजदूत चित्रलेखा यादव र एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले संयुक्त रूपमा रिवन काटेर कार्यालय उद्घाटन गरे।

कार्यक्रममा तराई समाजका अध्यक्ष रञ्जित शाह, एनआरएनए रिजनल संयोजक दिनेश पोखरेल, ओवर्न नेप्लिज कम्युनिटीका अध्यक्ष जितेन्द्र श्रेष्ठ, अष्ट्रेलियन नेप्लिज डेमोक्रेटिक फर्मका पूर्व अध्यक्ष अजय शिवाकोटी लगायत नेपाली समुदायका प्रमुख प्रतिनिधिहरूको उपस्थिति थियो।

वचन न्युज अष्ट्रेलियाले अष्ट्रेलियामा नेपाली समुदायका गतिविधि, सामाजिक, सांस्कृतिक र राजनीतिक विषयवस्तुमा केन्द्रित रहेर समाचार सेवा प्रस्तुत गर्दै आएको छ। उद्घाटन समारोहमा विगत एक वर्षको यात्रा समीक्षासहित भविष्यमा अझ प्रभावकारी समाचार सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु