Sunday, April 19, 2026
Zenith Migration Education
Sunday, April 19, 2026

वचन न्युजको प्रथम वार्षिकोत्सव समारोहमा समुदायका अगुवाहरु सम्मानित

Zenith Migration Education

अस्ट्रेलियाको सिडनीमा रहेर सामुदायिक पत्रकारीतामा अग्रणी भुमिका निर्वाह गरिरहेको वचन न्युजले सुमदायका अगुवाहरुको सम्मानका साथ आफ्नो प्रथम वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ ।

छोटो समयमा समुदायमा लोकप्रिय बन्न सफल वचन न्युजलाई बधाई दिदै कार्यक्रमको प्रमुख अतिथी अस्ट्रेलियाका लागि नेपाली राजदुत चित्रलेखा यादवले यसले समुदाय जोडनेका कार्यमा महत्वपुर्ण भुमिका निर्वाह गरेको बताइन् ।

वार्षिकोत्सव समारोहमा बोल्दै राजदुत यादवले विदेशमा पनि नेपाली मिडियाहरुले आफनो कर्म र धर्ममा अग्रणी भुमिका निर्वाह गरेकोमा कृतज्ञता प्रकट गर्दै भनिन् “यसले आफनो पेशाको मान र शान राख्नका लागि पनि निष्पक्ष भएर कलम चलाउनु जरुरी छ ।”

कार्यक्रममा अस्ट्रेलियामा स्थायी बसोबास गर्ने पहिलो नेपालीका रुपमा चिनिएका नारायण प्रधान, नेपाल अस्ट्रेलियन डेमोक्रयाटिक फोरमका पुर्व अध्यक्ष अजय सिवाकोटी, सुरक्षा थापा रायमाझीलाई ,एन्टाका पुर्व अध्यक्ष सुवांश साह , बहुसांस्कृतीक समाज समन्वय अधिकृत मुन लुओ र नेपाली क्रिकेट प्रशिक्षक जगत टमाटालाई सम्मान गरिएको थियो । राजदुत चित्रलेखा यादवले सम्मान प्रत्र प्रदान गरेकी थिइन ।

समुदायको ऐनाको रुपमा रहेको सञ्चारमाध्यम र समुदाय एक आपसमा जोडिएका कारण प्रवासमा रहेर पनि नेपाली समुदायको हितमा समर्पित व्यक्तित्वहरुको सम्मान गर्नु यसको प्रमुख उद्देश्य रहेको वचन न्यूजका प्रधान सम्पादक जीवन रायमाझीले बताए ।

कार्यक्रममा बोल्दै एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले छोटो समयमा समाजमा लोकप्रिय बनेको वचन न्युजले यसरी नै सक्रियता कायम राख्ने विश्वास व्यक्त गरे । पोखरलले पत्रकारिता समाजको महत्वपुर्ण अंग भएकाले यसले सचेत गराउनुका साथै असल कार्यको प्रशंसा गर्न पनि कन्जुसाइ गर्नु नहुने धारणा राखे ।

कार्यक्रममा नेपाल अस्ट्रेलिया पत्रकार संघका अध्यक्ष कृष्ण तिवारीले अस्ट्रेलियामा नेपाली समुदाय बढ्दै गर्दा सञ्चार माध्यमको महत्व पनि बढेको बताउँदै यसले दिने सन्देश सत्य तथ्यमा आधारित भएर निष्पक्ष हुनुपर्ने बताए ।

कार्यक्रमलाई सघाउने आरएफएम फेसीलिटी मेनेजमेन्टका रन्जित शाह र जेनिथ माइग्रेशनका तेज प्रजापतीलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा एनआरएन ओसेनिया संयोजक दिनेश पोखरेल, सह संयोजक अरुण ठाकुर, तमु समाजका अध्यक्ष हेउपती गुरुङ, नारी निकुन्जकी संयोजक संगिता चापागाई, नारी निकुन्जकी पूर्वसंयोजक सन्ध्या शाह, एन्जाका महासचिव गणेश भट्ट, सल्लाहकार डा राजु मानन्धर लगायतले वचन न्युजको सफलताको शुभकामना प्रदान गरेका थिए ।

होसन्ना नेपाली चर्चका पास्टर अनिस रीमालको प्रार्थनावाट प्रारम्भ गरिएको कार्यक्रममा गस्पेल चर्चका विद्यार्थीहरुले सन्देशमुलक गित सुनाएका थिए । कार्यक्रम अनुपमा बास्तोलाले संचालन गरेकी थीईन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु