Friday, July 17, 2026
Zenith Migration Education
Friday, July 17, 2026

नयाँ वर्षको पूर्वसन्ध्यामा अन्जु पन्त सिड्नीमा आइपुगिन् 

Zenith Migration Education

सिड्नी-अर्बन नेप्लिज कम्युनिटीद्वारा आयोजित ‘नेपाली नयाँ वर्ष २०८३’ विशेष सांगीतिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुन चर्चित गायिका अन्जु पन्त सिड्नी आइपुगेकी छन्।

पर्थमा सांगीतिक कार्यक्रम सकेर सिड्नी आएकी उनलाई अध्यक्ष अरुण श्रेष्ठ नेतृत्वको टोलीले विमानस्थलमै स्वागत गरेको हो।

अप्रिल १४ मा ग्रानभिल पार्कमा आयोजना हुने उक्त कार्यक्रममा सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। पन्तको उपस्थितिले यहाँको नेपाली समुदायमा कार्यक्रमप्रति उत्साह झन् बढेको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु