वचन न्युजको आधार, सत्य समाचार । यही मूलसूत्रलाई आत्मसाथ गर्दै अष्ट्रेलियामा स्थापना भएको वचन न्युज आजबाट एक वर्ष पूरा गरि दोस्रो वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हाम्रा समस्त पाठक, शुभेच्छुक र विज्ञापनदाताप्रति आभार व्यक्त गर्न चाहन्छौं ।
सामाजिक दायित्व वहन गर्दै सत्य र सन्तुलित समाचार प्रदान गरिरहेको वचन न्युजले आफ्नो पहिलो वार्षिक उत्सव मनाउन लागेको छ । यो केवल एक वर्षको यात्राको उत्सव मात्र होइन, पत्रकारिताको क्षेत्रमा अर्को महत्वपूर्ण कदम र नयाँ यात्राको सुरुवात हो ।
अष्ट्रेलियामा नेपाली समुदायका लागि सत्य, निष्पक्ष र गुणस्तरीय समाचार प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको वचन न्युजले स्वतन्त्र पत्रकारिताको मानकलाई स्थापित गर्ने प्रयास गर्यो ।
एक वर्षको अवधिमा वचन न्युजले स्थानीय मुद्दाहरूदेखि लिएर अन्तर्राष्ट्रिय घटनाक्रमहरूसम्म, प्रवासी नेपालीहरूको सफलता कथादेखि लिएर उनीहरूले भोगेका चुनौतीहरूलाई प्राथमिकताका साथ स्थान दियो ।
वचन न्युज अनलाइनले नेपाल र अष्ट्रेलिया बीचको दुरीलाई छोटो बनाएर नेपाली समुदायलाई एक मञ्चमा ल्याउन सफल भएको छ । पाठकहरूको चासो र आवश्यकतालाई ध्यानमा राख्दै, वचन न्युजले सबै पक्षबाट सन्तुलित र गहिरो समाचार प्रस्तुत गर्नको लागि निरन्तर मेहनत गरेको छ । एक वर्षका छोटो अवधिमा वचन न्युज नेपाली समुदायको सशक्त आवाज बनेको छ ।
प्रवासी नेपाली समुदायलाई सशक्त बनाउने, उनीहरूको हक–अधिकारको वकालत गर्ने तथा सत्य पत्रकारिताका सिद्धान्तहरूलाई आत्मसाथ गर्ने आफ्नो मार्गदर्शनप्रति वचन न्युज अझ मजबुत भएर अघि बढ्नेछ ।
वचन न्युजले आफ्नो दायरालाई अझ फराकिलो बनाउने दृढ संकलपका साथ आगामी दिनहरूमा ताजा समाचार, भिडियो सामग्री र खोजमूलक प्रस्तुतिहरूका साथ अघि बढ्ने विश्वास दिलाउँछ ।
आजको यस उत्सवमा हामी अष्ट्रेलिया र संसारभरका नेपाली समुदायका लागि समाचार र सूचनाको नयाँ युगको शुरुआत गर्न प्रतिबद्ध छौं । अझ उज्जवल भविष्यको यात्राका लागि हामीलाई तपाईहरूको साथको आवश्यकता छ । तपाईहरूको सुझाव, प्रतिक्रिया र आलोचनाले हामीलाई अझ राम्रो बनाउन प्रेरित गर्नेछ ।
पाठकहरूको निरन्तर समर्थन र प्रतिक्रिया नै हाम्रा लागि प्रेरणा र सुधारको स्रोत भएको छ । हामी विश्वास गर्छौं कि वचन न्युज अनलाइनले आगामी वर्षहरूमा अझ सशक्त र प्रभावकारी रूपमा नेपाली समुदायको आवाज बन्ने छ ।



