Monday, April 20, 2026
Zenith Migration Education
Monday, April 20, 2026

सिड्नीको ओबर्नमा नेपाली समुदायले मनाए होली

Zenith Migration Education

सिड्नी- सिड्नीको ओबर्न क्षेत्रमा नेपाली समुदायले आयोजना गरेको होली मेला सफलतापूर्वक सम्पन्न भएको छ।

बिहिबार ओबर्नमा मनाइएकाे हाेलीमा दोस्रो पुस्ताका बालबालिका, युवा लगायत ओर्बनबासीहरुकाे उल्लेखनीय सहभागिता रहेको थियो ।

रंगहरूको चाड होलीलाई प्रवासमा एकताको प्रतीकका रूपमा मनाउने गरिन्छ । हाेलीको अवसरमा ओर्वन सहर वरपर रहेका व्यक्तिहरु जमघट भई नाचगान गर्दै, खुशियालीपूर्वक रंग लगाउँदै रमाइलो गरियो। पछिल्लो समयमा होली धार्मिकभन्दा सांस्कृतिक परम्पराको रूपमा स्थापित हुँदै आएको छ।

ओबर्न क्षेत्रमा करिब १०,००० नेपालीहरूको बसोबास छ । जसका कारण मेलामा सयौंको उपस्थिति थियो।
हाेली कार्यक्रममा ईटीसी कलेजका निर्देशक उदब पोखरेल लगायत उनको कलेजको टोली पनि सहभागी थियो। विभिन्न सहयोगी हातहरूको सहयोगमा रंग, बारबेक्यु, चिसो पेय पदार्थ आदि निःशुल्क उपलब्ध गराइएको थियो।

एनआरएनए अष्ट्रेलियाका क्षेत्रीय संयोजक दिनेश पोखरेल, झापाली समाजका अध्यक्ष अशोक उप्रेती, तराई समाज अष्ट्रेलियाका सचिव विकास झा लगायत ओबर्न नेपलीज कम्युनिटीका अध्यक्ष जितेन्द्र श्रेष्ठले मेलामा सहयोग गर्ने सहयोगी हातहरू , तयारी टोली र सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे। कार्यक्रम बेलुकीसम्म नै सञ्चालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु