अष्ट्रेलियाको क्यानबेरामा हुन लागेको नेपाल फेष्टिभलकाे तयारी पूरा भएकाे छ । आगामी मार्च २१,२२ र २३ मा एनआरएनए एसिटिले आयाेजना गर्न लागेकाे नेपाल फेष्टिभलकाे तयारी पूरा भएकाे संयोजक विक्रम सुवेदीले जानकारी दिए ।
अजी फाइनान्स एण्ड होम लोनले प्रायोजन गरेकाे उक्त फेस्टिबलमा परेडमा झांकि, कुमारी रथ यात्रा र पन्चेबाजा बिशेष आकर्षण रहने आयोजकले जानकारी दिएकाे छ ।
क्यानबेरा क्षेत्र वरिपरि रहेका सबै नेपालीलाई नेपाली कला सॅंस्कृतीको नेपाली खाना र परिकारहरुको स्वाद लिन र नेपाल भेट्न निम्तोका साथै बहुसांस्कृतिक समुदायलई पनि नेपाल र नेपालीपन झल्कने कार्यक्रममा खुल्ला निम्तो र सहभागी हुन र गराउन आब्हान् गरिएको पनि जानकारी दिए ।
नेपाल फेस्टिवलमा बिहान १०:०० बजेबाट परेड हुनेछ । परेडका संयोजक कृष्ण सुवेदीले एकहजार भन्दा धेरै नेपालीहरुको भिडले परेडको रौनकता बढाउने विश्वास लिएको बताए ।
आयोजकका अनुसार फेष्टिभलमा बालबालिकाहरुका लागी बिशेष खेल्ने स्थान हुने छ भने नृत्य, गीत संगीत र साहित्यको बेजोड संयोजन हुनेछ । कार्यक्रममा नेपालका चर्चित गायक शिव परियार, गायिका समिक्षा अधिकारी र कन्दरा ब्याण्डले आफना प्रस्तुति हुनेछ । साथै क्यानबेराकै स्थानिय कलाकारहरुको प्रस्तुति पनि थप आकर्षण हुनेछ ।