Zenith Migration Education
Sunday, May 18, 2025
Zenith Migration Education
Winner Circle Education & Visa Services

आश्रयस्थलमा छिर्‍यो टिपर, दुई बच्चा र एक वृद्धको मृत्यु

Zenith Migration Education

शंकरापुर नगरपालिका-६, सलम्बुटारमा रहेको द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस)द्वारा सञ्चालित आश्रयस्थलमा दुर्घटना भएको छ । शुक्रबार बिहान करिब ३ः ४० बजेतिर बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भएर आश्रयस्थलको टहराभित्र छिरेको हो ।

टिपर आश्रयस्थलभित्र छिर्दा दुई बच्चा र एक वृद्धको मृत्यु भएको आश्रयस्थलका फाउण्डर अध्यक्ष युवराज थापाले जानकारी दिए । उनका अनुसार, संस्थाले नै नामकरण गरेका बालकहरू आकाश र सुमनको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते भएका वृद्ध हरिजनको अस्पतालमा उपचारको क्रममा निधन छ ।

दुर्घटनापछि प्रहरी घटनास्थलमा पुगेको थियो र मृतक तथा घाइतेलाई नेपाल मेडिकल कलेज, अत्तरखेल पुर्‍याएको थियो । अस्पतालका चिकित्सकले बिहान ४ः३३ बजे भाइते वृद्धलाई मृत घोषणा गरेका थिए । टिपर सिन्धुपाल्चोकका २५ वर्षीय चालक सागर माझीले चलाएका थिए । उनलाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएर घटनाको विस्तृत अनुसन्धान भइरहेको छ ।

सीभीडीएसले सन् २००५ (वि.सं. २०६२)देखि यो आश्रयस्थल सञ्चालन गर्दै आएको छ । हाल त्यहाँ ६१ जना बसोबास गरिरहेका थिए, जसमा १० जना रहेको टहरामा टिपर छिरेर दुर्घटना भएको हो । टिपरलाई डोजरको सहायताले बाहिर निकालिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु
Hamro Grocery