Zenith Migration Education
Saturday, March 15, 2025
Zenith Migration Education
Winner Circle Education & Visa Services

अस्ट्रेलियाको सिड्नीमा एन्टाले ‘होली हंगामा’ कार्यक्रम गर्ने

Zenith Migration Education

अस्ट्रेलियाको सिड्नीस्थित ग्रानभिल पार्कमा ‘होली हंगामा’ कार्यक्रम हुने भएको छ ।


एसोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलिया (एन्टा)ले मार्च १५ (शनिबार)मा हाेलीकाे भव्य कार्यक्रमकाे आयाेजना गर्ने भएकाे हाे । एन्टाका महासचिव विकास झाका अनुसार उक्त हाेली कार्यक्रममा नेपाल तथा अस्ट्रेलियाका कलाकारहरूको प्रस्तुति रहने छ ।

एन्टाका अध्यक्ष रन्जित शाहले संस्कृतिको जर्गेना गर्ने उद्देश्यले सिड्नीमा होली पर्वको आयोजना गर्न लागिएको बताउँदै सिड्नीवासी नेपालीहरूलाई आपसमा माया साटेर होली मनाउन आग्रह गरे ।

हाेली हंगमामा ह्वाइट स्पट ग्रुपको विशेष प्रस्तुति रहनेछ । आयोजकका अनुसार कार्यक्रममा नेपाली खाना, गीत–संगीत र नाचगान रहनेछ । मेलामा प्रवेश गर्न कुनै पनि शुल्क लाग्ने छैन ।

कार्यक्रममा सुदीन पोखरेल, सोभित बस्नेत, आरिफ रौफ, सुशान्त गौतम, सन्ध्या जोशी, उल्सन श्रेष्ठ, समय ब्यान्ड, डीजे नटकेस, मानस राज, जेनिशा गौतमलगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु
Hamro Grocery Lumbini Kohinoor polyclinic