Saturday, May 2, 2026
Zenith Migration Education
Saturday, May 2, 2026

अष्ट्रेलियामा बसेर पत्रकारिता गर्न सहज छैन : पत्रकार हेमन्त काफ्ले(भिडियोसहित)

Zenith Migration Education

सिड्नी-नेपाल पत्रकार महासंघ अष्ट्रेलियाका संस्थापक हेमन्त काफ्लेले अष्ट्रेलियामा बसेर पत्रकारिता गर्न सहज नभएको बताएका छन् ।
वचन न्युजका प्रधानसम्पादक केदार रायमाझीले लिएको अन्तर्वार्ता काफ्लेले उक्त कुरा बताएका हुन् ।

नेपालमा करिब दुई दशक पत्रकारितामा अनुभव लिइसकेपछि उनि सन् २०१२ को अन्त्यतिर अष्ट्रेलिया पुगेका थिए । काफ्लेले अष्ट्रेलियाबाट पनि अन्नपूर्ण पोष्ट, सेतोपाटी अनलाईन लगायत नेपाली मिडियामा अष्ट्रेलियामा नेपाली समुदायका विषयहरु महत्वका साथ रिपोर्टिङ गरिसकेका छन् ।

पत्रकार काफ्लेले अष्ट्रेलियामा व्यवसायिक पत्रकारिता मात्रै गर्ने पत्रकार निकै कम रहेको बताए । जिविका धान्नका लागि पत्रकारितासँगै अन्य काम पनि गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।

काफ्लेले आफ्नो अध्यक्षतामा सन् २०१८ मा अष्ट्रलियामा पत्रकार महासंघको स्थापना गरेका थिए । यस संस्थाले अष्ट्रेलियामा पत्रकारिता व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन भूमिका खेलेको बताए ।

अष्ट्रेलियामा रहेका नेपालसहित अन्य समुदायका विद्यार्थीहरुको समस्या तथा सरोकारका विषय उठान गर्दै नेपाल सरकार र सम्बन्धित निकायसम्म पुर्याउने माध्यम हो । उनले वचन न्युजसँगकाे अन्तवार्तामा भने ‘अष्ट्रेलियामा हिजोको समयमा नेपालीको संख्या कम थियो, आज तीन लाखको हाराहारीमा पुगिसकेको छ, समुदाय बढ्दै जाँदा समाचारहरु पनि बढ्दै गएका छन् ।’ उनले थपे ‘सफलताका कथादेखि विसंगतिका समाचारहरु पनि बढ्दै गएको छ सबैलाई यहाँका पत्रकारहरुले सरकार र सम्बिन्धत निकायसम्म पुर्याउन भूमिका खेलेकाे छ ।’


हेर्नुहोस् पूरा भिडियो अन्तर्वार्ता :

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु