Thursday, January 22, 2026
Zenith Migration Education
Thursday, January 22, 2026

विपिन नछुट्दै हमासले गर्‍यो बन्धक रिहाइ रोक्ने घोषणा, युद्धविराम संकटमा

Zenith Migration Education

हमासले बन्धकहरुको रिहाइ स्थगित गर्ने घोषणा गरेको छ । इजरायलले युद्धविराम सम्झौताको उल्लंघन गरेको भन्दै हमासले बन्धक रिहाइ रोकेको हो ।

पूर्वनिर्धारित सम्झौताअनुसार शनिबार सयौं प्यालेस्टिनी कैदी र तीन इजरायली बन्धक मुक्त गरिने योजना थियो । त्यसैक्रममा नेपाली नागरिक विपिन जोशीको पनि रिहाइ हुने अपेक्षा गरिएको थियो । तर, हमासको पछिल्लो घोषणाले युद्धविराम सम्झौतामा नयाँ संकट उत्पन्न भएको छ । बीबीसीका अनुसार, हमासले इजरायललाई गाजा क्षेत्रमा गोलाबारी जारी राखेको, विस्थापित प्यालेस्टिनीहरूको पुनर्वास ढिलाइ भएको तथा मानवीय सहायता अवरुद्ध पारिएको आरोप लगाएको छ ।

हमासको सैन्य शाखाका प्रवक्ता अबु उबैदाले इजरायलले पछिल्ला तीन हप्तामा पटक–पटक युद्धविराम सम्झौता उल्लंघन गरेको दाबी गर्दै सम्झौताका सर्त पालना नगरिएको कारण बन्धकको रिहाइ अर्को सूचना नआएसम्म रोकिएको स्पष्ट पारेका छन् । इजरायल र हमासबीच १९ जनवरी २०२५ देखि युद्धविराम लागू भएको थियो, जसअन्तर्गत दुवै पक्षले बन्धक आदान–प्रदान गर्न थालेका थिए ।

यस घटनाबारे इजरायलको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले बन्धक रिहा नगरेमा युद्धविराम समाप्त भएको घोषणा गर्नुपर्ने अवस्था आउने चेतावनी दिएका छन् । हमासलाई समाप्त पार्ने रणनीति अपनाउन बाध्य हुने उनको संकेत छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु