Wednesday, June 24, 2026
Zenith Migration Education
Wednesday, June 24, 2026

अमेरिकी विशेष दूत गोर आज नेपाल आउँदै

Zenith Migration Education

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका विशेष दूत सर्जियो गोर तीन दिने भ्रमणका लागि आज (बिहीबार) काठमाडौँ आउँदै छन् ।

अमेरिकी सहायक विदेशमन्त्री एस पावल कपुर तीन दिने भ्रमण सकाएर फर्किए लगत्तै गोर नेपाल आउन लागेका हुन् ।

भ्रमणका क्रममा उनले अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री वालेन्द्र शाहसँग भने भेटघाटका लागि अहिलेसम्म कुनै कार्यतालिका नबनेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गोर बङ्गलादेश, भुटान, श्रीलंका, काजकिस्तानलगायत देशको भ्रमण पूरा गरी नेपाल आउन लागेका हुन् । गोरको भ्रमण लगानी र आर्थिक सहकार्यमा केन्द्रित हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु