Saturday, May 2, 2026
Zenith Migration Education
Saturday, May 2, 2026

रवि लामिछानेलाई ६ दिनसम्म हिरासतमा राख्न अदालतको स्वीकृति

Zenith Migration Education

पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ६ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ। सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि अनुसन्धानका लागि कास्की प्रहरीले ६ दिनको म्याद माग गरेको थियो। कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजलासले ६ दिन हिरासतमा राख्न आदेश दिएको हो।

शुक्रबार काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई शनिबार बिहान पोखरा ल्याइएको थियो। सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले सहकारीको रकम गोर्खा मिडियामा आएको र त्यस कारोबारमा रवि लामिछाने संलग्न रहेको भन्दै कारबाहीको सिफारिस गरेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु