राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई अदालतबाट न्याय प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।
सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थप गर्न आइतबार प्रहरीले उनलाई जिल्ला अदालत पुर्याएको बेला पत्रकारहरूसँगको कुराकानीमा उनले न्यायालयप्रति आफ्नो गहिरो विश्वास रहेको बताए।
“मलाई विश्वास छ, अदालतले मलाई न्याय दिनेछ। तर, केपी ओलीको सरकार जारी रहिरहे जनताले धेरै दुःख भोग्नुपर्नेछ। यो सरकारले झुटा मुद्दामा मान्छेहरूलाई फसाउने काम गरिरहन्छ,” लामिछानेले भने।
उनले न्यायालयमा विश्वास गरेर कानुनी प्रक्रियामा सघाउन आएको बताए। साथै, उनले पार्टी कार्यकर्तालाई सरकारविरुद्ध देशभर प्रदर्शनमा उत्रिन आह्वान गरेका छन्। लामिछानेले सरकारले भ्रष्टाचारीलाई संरक्षण गर्दै आफूलाई झुटा आरोपमा फसाएको आरोप लगाए। उनले भने, “यदि मलाई जस्तो डेढ वर्ष छानबिन गर्ने हो भने, केपी ओली भ्रष्टाचारको जगमा उभिएको व्यक्ती हुन्।



