Saturday, May 2, 2026
Zenith Migration Education
Saturday, May 2, 2026

सफल ब्यबसायी राजमान थकालीको निधन

Zenith Migration Education

सिड्नी – रक्डेल निवासी राजमान थकालीको निधनले अष्ट्रेलियाको नेपाली समुदायलाई गहिरो शोकमा डुबाएको छ। सरल, सहयोगी र कर्मयोगी व्यक्तित्वका धनी थकाली लामो समयदेखि फोक्सोको रोगबाट पीडित थिए। नजीकका स्रोतका अनुसार, शनिवार राति उनको घरमा निधन भएको थियो। नेपाली खानाका परिकारलाई अष्ट्रेलियामा परिचित गराउन महत्त्वपूर्ण भूमिका खेल्ने थकालीले सन् २०११ मा सिड्नीको टाउनहलमा “मुग्लान रेस्टुरेण्ट” खोलेका थिए, जसले नेपाली स्वादलाई प्रवर्धन गर्यो। वर्तमानमा मुग्लान रेस्टुरेण्ट र मुग्लान ग्रोसरी पसलहरू सिड्नीका विभिन्न स्थानहरूमा सञ्चालनमा छन्।

थकाली हिमाअस कन्सल्टेन्सी र मलबेरी इन्स्टिच्यूटका संचालक पनि थिए। सन् १९९६ मा उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया आएका थकाली सफल ब्यवसाई साथै नेपाली समाजमाज लोकप्रिय सामाजिक अभियन्ताका रूपमा परिचित थिए। उनका योगदानहरूले अष्ट्रेलियामा नेपाली समुदायलाई सशक्त बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ।

ओबर्न नेपाली समुदायका अध्यक्ष जितेन्द्र श्रेष्ठले राजमान थकालीको निधनप्रति हार्दिक समवेदना प्रकट गर्दै भने, “उनको निधनले नेपाली समुदायमा अपूरणीय क्षति पुगेको छ, र उनका सरल जीवनशैली र सेवाभावलाई नेपाली समाजले सधैं सम्झना गर्नेछ।” उनले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना पनि व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु