Saturday, May 2, 2026
Zenith Migration Education
Saturday, May 2, 2026

अष्ट्रेलियामा सुजन गौतमको सफलताको कथा

Zenith Migration Education

सिड्नी, अस्ट्रेलिया –  सिड्नीको टाउन हलमा बिहीबार आयोजित ग्राजुएसन कार्यक्रममा सूचना प्रविधिमा स्नातक उपाधि हासिल गर्दै, सुजन गौतमले अष्ट्रेलियाको किंग्स ओन इन्स्टिच्युटबाट आफ्नो शैक्षिक यात्रा सम्पन्न गरेका छन्। २००२ जनवरी २१ मा जन्मिएका सुजनले नेपालमा ब्राइटर एकेडेमी बाट आफ्नो प्रारम्भिक शिक्षा पूरा गरेपछि उच्च शिक्षाको लागि सन् २०२१ डिसेम्बर २४ मा अष्ट्रेलिया प्रवेश गरेका थिए।

नेपालको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं १, बारा जिल्लामा रहेका उनका परिवारले उनको शिक्षामा विशेष योगदान पुर्‍याएको छ। उनका हजुरबा पूर्ण प्रसाद गौतम र हजुरआमा गंगा गौतम साथै उनका बुवा नारायण प्रसाद गौतम र आमा सीताले उनलाई सधैं प्रोत्साहन गरेका थिए। उनकी बहिनी सजिना गौतम ले पनि उनको शिक्षा यात्रामा निरन्तर हौसला दिएकी थिइन्।

बुवा नारायण प्रसाद गौतमले सुजनको उपलब्धिप्रति गर्व गर्दै भने, “किसान परिवारमा जन्मिएर संघर्ष र मिहिनेतको बलमा शिक्षण पेशा अपनाएको मैले सधैं थाहा थियो कि सुजन ठूलो सफलता हासिल गर्नेछ। उसको कडा मिहिनेत र समर्पणको परिणाम आज देख्दा गर्व र खुसीले गदगद छु।”

विदेशमा अध्ययन गर्दै आफ्ना सपना पछ्याइरहेका सुजनको सफलताको कथा हजारौं नेपाली विद्यार्थीहरूका लागि प्रेरणाको स्रोत बनेको छ। परिवारको माया र समर्थन, र सुजनको अटुट लगनशीलता नै उनको सफलताको मूल आधार रहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु