Saturday, May 2, 2026
Zenith Migration Education
Saturday, May 2, 2026

सिड्नीमा गायक बद्री पंगेनी सम्मानित

Zenith Migration Education

सिड्नी,अस्ट्रेलिया – चर्चित नेपाली गायक बद्री पंगेनीलाई अस्ट्रेलियामा एक विशेष कार्यक्रमको दौरान सम्मान गरिएको छ। सोमवार सिड्नीको ग्रान्भिल स्थित ‘फ़्लेवर्स ऑफ़ नेपाल’ रेस्टुरेन्टमा आयोजित कार्यक्रममा पंगेनीलाई खादा र कदर पत्रले सम्मान गरिएको हो।

लोक तथा दोहोरी गीतका ख्यातिप्राप्त गायक पंगेनीले ‘ससुरालीमा’ लगायतका थुप्रै लोकप्रिय गीत गाएर आफ्नो पहिचान बनाएका छन्। तीज महोत्सवको अवसरमा अन्य नेपाली कलाकारहरूसँगै अस्ट्रेलियामा आएका पंगेनीले विभिन्न शहरहरूमा कार्यक्रम प्रस्तुत गर्दै प्रवासी नेपालीहरू माझ आफ्नो लोकप्रियता अझ वृद्धि गरेका छन्।

कार्यक्रममा पंगेनीले आफ्नो प्रसिद्ध गीतहरू प्रस्तुत गर्दै उपस्थित दर्शकहरूलाई भरपूर मनोरञ्जन प्रदान गरे। कार्यक्रममा वरिष्ठ पत्रकार हेमन्त काफ्ले, पत्रकार राजन घिमीरे, (नया संस्थाका अध्यक्ष बिपीन थापा झापाली समाज अष्ट्रेलिय का अध्यक्ष अशोक उप्रेती र एनआरएनए अष्ट्रेलियाका क्षेत्रीय संयोजक दिनेश पोखरेल लगायत अन्य अतिथिहरूको उपस्थिति रहेको थियो। आयोजक फ्लेभर्स अफ नेपालका प्रमुख राजेश केसीले र दिनेश पोखरेले सयुक्तरूपमा पंगेनीलाई सम्मान गरेका थिए।

समारोहमा बोल्दै गायक पंगेनीले अस्ट्रेलियामा रहेका नेपालीहरूको सांस्कृतिक कार्यक्रमप्रति अभूतपूर्व उत्साह देखिएकोमा प्रसन्नता व्यक्त गर्दै भने, “यहाँ आएर कार्यक्रम गर्न पाउँदा नेपालमै भएको जस्तो लाग्यो, र धेरै रमाइलो महसुस भयो।”

रेस्टुरेन्टका संचालक राजेश केसीले भने, “हाम्रो रेस्टुरेन्ट नेपाली समुदायको सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने एक साझा चौतारी बनेको छ। सबैलाई एकपल्ट यहाँको परिकारको स्वाद लिन आउन आग्रह गर्दछु।”

गायक पंगेनीको सम्मानसँगै सिड्नीका नेपाली समुदायबीचको सम्बन्धलाई प्रगाढ बनाउने प्रयासको रूपमा यस कार्यक्रमलाई लिइएको छ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु