सिड्नी, अस्ट्रेलिया: आजको विशेष दिन, कुशे औंशी (बाबुको मुख हेर्ने दिन), हामी सबैले पिताहरुको अथक संघर्ष, माया, र जिम्मेवारीलाई सम्झेर कदर गर्ने अवसर पाएका छौं। यही अवसरमा एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले सबै पिताहरूप्रति सम्मान प्रकट गर्दै भन्नु भएको छ।
सबै पिताहरुले आफ्ना सन्तानलाई संघर्ष गर्दै कर्मयोगी बनाउने यात्रामा दिनरात मेहनत गरिरहनु भएकोमा हामी उच्च सम्मान प्रकट गर्दछौं। यो दिन सबै पिताहरुको त्याग, माया, र जिम्मेवारीलाई सम्झने र कदर गर्ने दिन हो।
पिता शब्दले आफैंमा एउटा गहिरो अर्थ बोकेको हुन्छ। पिताहरुले आफ्ना सन्तानको उज्ज्वल भविष्यको निम्ति गर्ने अथक परिश्रम र समर्पणले समाजलाई बलियो र स्थिर बनाउन सहयोग पुर्याउँछ। सन्तानलाई आत्मनिर्भर र कर्मशील बनाउने पिताहरुको योगदानलाई सम्झना गर्दै, अनिल पोखरेलले यो विशेष दिनलाई पिताहरुको सम्मान र कदर गर्ने दिनको रूपमा मनाउन पाउदा गर्व महसुस गर्नुभएको बताउनु भयो।
आजको यो विशेष दिनमा, हामी सबैले आफ्ना पिताहरुप्रति नमन गर्दै, उनीहरुले हामीप्रति देखाएको माया, समर्थन, र नेतृत्वलाई उच्च कदर गरौं। हामी सबै पिताहरुको जीवनभरिको समर्पण र योगदानको सम्मान गर्न र सदा उनीहरुप्रति कृतज्ञ रहने प्रतिज्ञा गरौं।



