Thursday, May 28, 2026
Zenith Migration Education
Thursday, May 28, 2026

एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु (नामसहित)

Zenith Migration Education

नुवाकोटको शिवपुरी-७, सूर्यचौरमा दुर्घटनाग्रस्त एयर डाइनेस्टीको ९एन-एजेडी हेलिकप्टरमा सवार पाँचै जनाको मृत्यु भएको पुष्टि गरिएको छ। प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीका अनुसार, हेलिकप्टरमा सवार सबैजनाको मृत्यु भएको छ।क्याप्टेन अरुण मल्लले उडाएको हेलिकप्टरमा चार जना चिनियाँ नागरिक थिए |

दुर्घटनाग्रस्त हेलिकप्टरमा को को सवार थिए ?
१. क्याप्टेन-अरुण मल्ल
२. जुदाड टाङ (पुरुष)
३ . जिली (पुरुष)
४. जेमिङ सी (पुरुष)
५. यियाद वु (महिला)
सवार थिए। । सबैको शव निकाल्ने कार्यमा सुरक्षाकर्मीहरू लागिपरेका छन्।

रसुवाको स्याफ्रुवेसीका लागि काठमाडौंबाट उडेको हेलिकप्टर बुधबार दिउँसो दुर्घटनामा परेको थियो। उक्त हेलिकप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो। दुर्घटना स्थल नुवाकोटको शिवपुरी-७, सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको र त्यहाँ आगो लागिरहेको प्रारम्भिक सूचना प्राप्त भएको थियो। उडानको तीन मिनेटभित्रै हेलिकप्टर सम्पर्कविहीन भएको थियो।

यो दुर्घटनाले सबैलाई स्तब्ध बनाएको छ, र दुर्घटनाको कारण पत्ता लगाउन विस्तृत अनुसन्धान सुरु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु