Thursday, May 28, 2026
Zenith Migration Education
Thursday, May 28, 2026

आजको मौसम: यी प्रदेशहरूमा भारी वर्षा हुने सम्भावना

Zenith Migration Education

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेकोले, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहन सक्ने छ। विभागले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशहरू र मधेस प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने बताएको छ।

आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। विभागले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै ती स्थानका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ।

गए राति पनि विभागले एक सूचना जारी गर्दै कोशी प्रदेशका धेरै स्थान, मधेस र बागमती प्रदेशका केही स्थान, साथै गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेकाले सचेत रहन आग्रह गरेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु