Thursday, May 28, 2026
Zenith Migration Education
Thursday, May 28, 2026

अहिलेका मन्त्रीहरूलाई ‘स्टन्ट’ गर्न आवश्यक छैन : परराष्ट्रमन्त्री राणा

Zenith Migration Education

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हालका मन्त्रीहरूलाई ‘स्टन्ट’ गर्न जरूरी नरहेको बताएकी छन्। बुधबार दिउँसो काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग र कन्सुलर विभागको निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो कुरा व्यक्त गरिन्।

उनले वर्तमान सरकारमा दुई पुराना राजनीतिक दलहरू रहेको र आफूहरूले काम गरेर प्रमाणित गरिसकेकाले स्टन्ट देखाउन आवश्यक नरहेको स्पष्ट पारिन्। ‘सरकारमा रहेका दुई पार्टीहरू धेरै पुराना पार्टीहरू हुन्। हामीले काम गर्न सक्छौं,’ मन्त्री राणाले भनिन्, ‘हामीले देशको लागि केही गर्न सक्छौं भनेर स्टन्ट गर्नुपर्ने आवश्यकता छैन। किनभने हामीले पहिले नै गरेर देखाइसकेका छौं।

मन्त्री राणाले अहिलेका मन्त्रीहरू र राजनीतिक दलहरूले आफूहरू नै राम्रो भनेर प्रमाणित गर्नुपर्ने कुनै आवश्यक नरहेको पनि बताइन्। उनले वर्तमान सरकारले अर्थ-कूटनीति र प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्नमा जोड दिएको उल्लेख गरिन्।

उनले वर्तमान सरकार कहिले ढल्ने भन्ने डर नरहेकाले ढुक्क भएर काम गर्न सकिने बताइन्। साथै, मन्त्री राणाले दुवै प्रमुख राजनीतिक दलहरूको मुख्य लक्ष्य देश र जनताको विकास, अर्थतन्त्रमा सुधार, सुशासन, र भ्रष्टाचार नियन्त्रण रहेको बताउँदै देशलाई परिवर्तन गरेर देखाउने प्रतिबद्धता व्यक्त गरिन्।

मन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा जस्ता अनुभवी नेताहरूको नेतृत्वमा देशलाई गन्तव्यमा पुर्‍याउन सकिने दाबी गरिन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु